|  

दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्दै भरतपुर अस्पताल

१४ साउन, काठमाडौं । चितवनको भरतपुर अस्पतालले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले भोलि मंगलबारबाट लागू हुनेगरि बहिरङ्गको समय बढाउने निर्णय गरेको हो । बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि मङ्गलबारदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा सञ्चालन गरिने भएको हो ।

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देश गरेको छ। पहिलो सिफ्ट ९ बजेदेखि अपह्रान्न २ सम्म र दोस्रोमा ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म सिफ्ट मिलाइएको छ।

पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने अनुमान गरिएको छ ।