|  

चुनदेवीबाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

१५ साउन, काठमाडौं ।  काठमाडौंको चुनदेवीबाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही रेहेका छन् ।

उनीहरुलाई सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले  पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका–४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 
उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ ।