|  

नायिका स्वस्तिमाले दक्षिण भारतीय चलचित्रमा अभिनय गर्दै, अर्को महिनाबाट छायांकन हुने

१४ फागुन, काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय – मलयालम चलचित्र ‘थिरिमाली’ मा आवद्ध भएकी छन् । कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई अनुबन्ध गरेको हो।

उनले चलचित्र निर्माण टोलीसँग सम्झौता गरिसकेको उनले बताएकी छन् । चलचित्रको छायांकन अर्को महिनादेखि हुन लागेको नायिका खड्काले बताइन् । उनले चलचित्र निर्माण टोलीसँग अनन्या फिल्मका निर्माता सरोज न्यौपाने पनि रहेको बताइन्।

‘एञ्जल मारीया सिनमाज’ को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग नेपालको ‘अनन्या फिल्मस्’ ले सहकार्य गरेको हो।