१६ साउन, काठमाडौं । बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेका ४५ वर्षीय रामस्वरुप महतो रहेका छन् । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो ।
मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।