१७ साउन, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै,तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।