१७ साउन, काठमाडौं । दाङमा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
बिहीबार बिहान पौंने ११ बजे लमहीबाट घोराही आउँदै गरेको ना ६ ख १६५३ नम्बरको रड बोकेको ट्रक घोराही उपमहानगरपालिका – ३ कुइरेपानी नजिक दुर्घटना भएको थियो। दुर्घटनामा रडले च्यापेका अवस्थामा चालक र सहचालकको उद्धार गरेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
ट्रक आफै अनियन्त्रित भएर पल्टिएको थियो। ट्रक पल्टिँदा सोही ट्रकको रडले चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ५ का ५९ वर्षीय हरिबहादुर खत्री र सहचालक सोही ठाउँका १८ वर्षीय दिलिप थारु च्यापिएका थिए।घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।