१७ साउन, काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख भन्दा बढी नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएको तथ्याङ्क छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको २०८० साउन १ गतेदेखि २०८१ असार ३१ सम्मको तथ्यांक अनुसार १ लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन । तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७ सय ३१, क्यानडाको लागि १५ हजार ९ सय ८२, अष्ट्रेलियाको लागि १४ हजार ३ सय ७२ र युकेको लागि १३ हजार ३ सय ३९ जनाले एनओसी लिएका छन् ।
यस्तै, अमेरिकाको लागि ११ हजार २ सय ६१, कोरियाको लागि ६ हजार ८ सय ८९, भारतका लागि २ हजार ३ सय ८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन् ।
१ लाख १२ हजार विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमति पत्र,सबैभन्दा धेरै जापानमा
