१७ साउन, काठमाडौं । बंगलादेशमा विद्यार्थी र प्रहरीबीच केही मत्थर भएको हिंसा पुनः सुरु भएको छ ।
पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरी ५ प्रतिशतमा सीमित गरिदिएपछि हिंसा केही मत्थर भएको थियो । विद्यार्थीहरू आन्दोलनको क्रममा घाइते र मृत्यु भएकाका परिवारलाई भेट्नमा व्यस्त थिए । त्यही क्रममा राजधानी ढाकासहितका शहरहरुमा फेरि हिंसा सुरु भएको हो ।विद्यार्थीहरूले ‘मार्च फर जस्टिस’ नामबाट प्रदर्शन जारी राखेका छन् ।
सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २०० भन्दा बढीको ज्यान गइसकेको छ ।