१७ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् ।
होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।
साथै स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने, लिलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ। साथै सातै प्रदेश इन्चार्ज पनि तोक्ने निर्णय भएको छ।
कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।
केन्द्रीय सदस्यमा सुवास कर्मचार्यलगायत १७ जना मनोनीत गर्ने निर्णय पनि भएको छ।
कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको एमालेले जनाएको छ।