|  

बागमती, लुम्बिनी र कर्णालीका नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

१७ साउन, काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ ग्रहण गरेका छन् ।

शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले शपथ लिएका हुन । मन्त्रिपरिषद्को सिफारिसमा बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त भएका हुन् । शपथ कार्यक्रममा उपराष्ट्रिपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिलल्सिना, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।