१७ साउन, काठमाडाैं । नेकपा (एमाले) सचिवालयको बैठकले संसदीय विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव योगेश भट्टराईलाई दिएको छ ।
बिहीबार काठमाडौंको हनुमाथनस्थित बसेर होटलमा बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघि एमालेको उक्त विभागमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री भएसँगै भट्टराईलाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको हो ।
यसअघि २०८० जेठ १९ गतेदेखि हालसम्म भट्टराई एमाले मधेश प्रदेशको इन्चार्ज थिए । बैठकले सातै प्रदेशमा इन्चार्ज पनि फेरेको छ।