१७ साउन, काठमाडाैं । सर्वोच्च अदालतले 'सिधा कुरा' मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दाको फैसला भदौ ६ गते सुनाउने भएको छ।
बृहत पुर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गर्दै भदौ ६ गतेलाई फैसलाको मिति तोकेको हो।
प्रधान न्यायधिश विश्मम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना,हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहित ९ न्यायधीशको इजलासले बहस सकिएपछि भदौ ६ गते निर्णय सुनाउने मिती तोकेको हो।
'सिधा कुरा' ले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको सामग्रीमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो।
प्रसारित सामग्रीमा प्रयोग भएको अडियोलाई फरेन्सिक परीक्षण गरिएको थियो। फरेन्सिक परीक्षणबाट अडियो फेक प्रमाणित भइसकेको छ।