|  

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउन मुकुलको अपिल 

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन् ।

पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन अपिल गरेका हुन् ।