१८ साउन, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यता चाँदी आज तोलामा ५ रुपैयाँ घटेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।