|  

काभा बिच भलिबलमा नेपालले भुटानलाई हरायो

१८ साउन, काठमाडौं । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ ।

भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारेको हो ।नेपालले आजै र्ज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ ।