१८ साउन, काठमाडौं । कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ ।
शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार यसपालि ४ मा चारै जिपिए ल्याउने विद्यार्थी शून्य रहेका छन् । त्यस्तै ३.६१ देखि ४ जिपिए ल्याउने ९ हजार ५९१ जना छन् । जिपिए ३.२१ देखि ३.६० ल्याउने ४६ हजार ८९३ जना छन् ।
२.८१ देखि ३.२० जिपिए ल्याउने परीक्षार्थीको संख्या ७८ हजार ७५ जना छन्।जिपिए २.४१ देखि २.८० ल्याउनेको संख्या ६१ हजार ३६, जिपिए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ८ हजार २४० जना छन्।१.६० देखि २।० जिपिए ल्याउने विद्यार्थी संख्या १२ जना छन् । यसरी कुल ५२.९१ प्रतिशत उत्तीर्ण भएका छन्।