१८ साउन, काठमाडौं । टर्किएले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ ।
टर्किएको दूरसञ्चार प्राधिकरणले कुनै पनि कारण नखुलाई इन्स्टाग्रामाथि रोक लगाएको हो । साथै कहिलेसम्मलाई प्रतिबन्ध लगाइएको हो भन्नेबारे पनि टर्किएले कुनै जानकारी दिएको छैन ।
टर्किस राष्ट्रपतिका सञ्चार प्रमुख फहरेत्तिन अल्तुनको पोस्टमाथि अमेरिकी कम्पनी मेटाद्वारा सञ्चालित इन्स्टाग्रामले सेन्सरसिप गरेपछि यो कदम चालिएको आशंका गरिएको छ । टर्किएमा ५ करोडभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ता छन् ।