|  

एकै पल्ट ५२ सीडीओको सरुवा (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापनापछि गृह मन्त्रालयले एकै पल्ट ५२ (सीडीओ)को सरुवा गरेको छ । जसमा २५ जना सहसचिव र २७ उपसचिव छन् ।  गृह मन्त्रालयले दिएको जानकारी अनुसार सुनसरीमा उमेशकुमार ढकालको सरूवा भएको छ । उनी सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी थिए । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको सप्तरी सरूवा भएको छ ।  गृहको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतम कास्की सरूवा भएका छन् । 

ज्ञानप्रसाद ढकालको धादिङ, तुलसीराम सेढाइँको उदयपुर, अरूण पोखरेलको सिन्धुपाल्चोक, तीर्थराज भट्टराईको महोत्तरी, शालिग्राम शर्मा पौडेलको गोरखा सरूवा भएको छ । नायणप्रसाद भट्टको सर्लाही र सुरेन्द्र पौडेलको बारा सरूवा भएको छ । 

यस्तै,  उपसचिव ध्रुवबहादुर खड्का इलाम, बन्दना राई ओखलढुंगा, लीलाधर अधिकारी चितवन, झंकनाथ ढकाल अध्यागमन विभाग, उमाकान्त अधिकारी काठमाडौं प्रशासन कार्यालय सरूवा भएका छन् ।