|  

नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा पदभार ग्रहण

१८ साउन, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन् । 

शुक्रवार प्रदेश प्रमुख कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । देवकोटाले बिहीबार पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सरकारले निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

देवकोटा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य रहेका थिए भने उनी धनगढीका स्थानीय हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुन् ।