|  

टिआरसीमा भएको सहमति कार्यान्वयन गर्न माओवादी प्रतिवद्ध छः देव गुरुङ

१८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी)मा दलहरुका बीचमा भएको सहमति कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

आज महासचिव गुरुङले विगतमा पनि पटक-पटक टिआरसीको अन्तरवस्तुमा सहमति भए पनि उल्टिने गरेको भन्दै यसपटक सहमतिबाट पछाडि फर्किनु नहुनेमा जोड दिएका हुन् । उनले विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरु उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडि बढ्नेमा आफूहरु आशावादी रहेको बताए।

महासचिव गुरुङले सहमति कार्यान्वयन गर्नका लागि दलहरुलाई आग्रह समेत गरे। उनले टिआरसीको विषय टुंग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरे ।