|  

कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ मा

१८ साउन, काठमाडौं ।  कक्षा १२ को नतिजामा  दुई विषयमा नन्ग्रेडेड ल्याउने विद्यार्थीका लागि आगामी भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले पूरक परीक्षाको मिति तय गरेको हो।

कक्षा १२ को बार्षिक परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षा दिन पाउँछन् । केहीबेर अघि सार्वजनिक भएको नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएका छन् ।