१८ साउन, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त भएका छन ।
लामो समयदेखि पार्टीमा निष्क्रिय रहेपछि कुनै जिम्मेवारीमा नराखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । राजेन्द्र गौतमका अनुसार थापा पार्टीको कुनै काममा पनि सक्रिय थिएनन् । उनले पार्टी आफै छाडेपछि रिक्त स्थानमा विहिबारको बैठकले पूर्ति गरेको हो । विहिबार बसेको दुई रिक्त स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको थियो। थापा माओवादी धारका नेता हुन ।
एमाले र माओवादीबीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी कमिटीको जिम्मेवारी दिइएको थियो । तर, नेकपा एकता भंग भएपछि एमाले रोजेपछि केपी शर्मा ओलीले गैर सांसदको रूपमा मन्त्री समेत बनाएका थिए । तर, पछिल्लो समय एमाले अध्यक्ष ओलीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै बिदामा बसेका थापालाई अहिले पार्टीले सबै जिम्मेवारीबाट अलग गरेको हो।