|  

प्रतिनिधि सभाको बैठक सर्‍यो 

१८ साउन, काठमाडौं ।  सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधि सभाको बैठक पनि सरेको छ ।

आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।