|  

थप ११२ जनामा कोरोना संक्रमण, चारको मृत्यु 

काठमाडौं । नेपालमा ११२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९ सय ४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका ११२ संक्रमितसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७३ हजार ९ सय ८४ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ५४ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार २ सय ७७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल ९ सय ३६ जना सक्रिय संक्रमित छन् । 

पछिल्लो चौबीस घण्टामा चार जना संक्रमितको मृत्युको भएको छ । हालसम्म दुई हजार ७७१ जना संक्रमितको मृत्यु भएको हो । अहिले ९ सय ३६ जना आइसोलेशनमा छन् । ७१ जना क्वारेन्टाइनमा छन् ।