|  

सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल 

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलाप्रति विमत्ति जनाएका छन् । उनले सर्वोच्चका न्यायाधीशभन्दा माथि जनता हुने अभिव्यक्ति समेत दिए । 

ओली समूह निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले सर्वोच्चको यो फैसलाले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने भन्दै असफल कदमको फेरि पनि रक्षा गर्न खोजे ।  

उनले भने, ‘सबैभन्दा ठूलो फैसला दिने जनता हुन्, सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् ।’ तर, आफुहरु लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पोखरेलले सुनाए । 

फैसलाप्रति असहमति जनाउँदै पोखरेलले न्यायाधीशलाई भने, ‘तिमी भन्दा शक्तिशाली न्यायाधीश जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं, हामी ।’
सर्वोच्च अदालतको फैसलाबारे बोल्न नहुने भन्ने सोचाई राखिने गरिएको भन्दै उनले, ‘विरुद्ध होइन,  असहमति हो ।

विश्लेषणको आधारमा गरेको, हाम्रो अहसमति’हो भन्ने भाषा बोले । उनले अगाडि भने, ‘तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।’