|  

इरान इजरायलको भिडन्तमा कूटनीतिक कसरत गर्दै भारत

२१ साउन, काठमाडौं । विपिन देव - रसिया युक्रेन युद्धको पराकम्पनले विश्व अर्थतन्त्र डगमगारइरहेको अवस्थामा नै इजरायल हमासको भिषण संग्रामले मध्यपूर्वको सामरिक र रणनीतिक गठवन्धनमा एउटा नयॉ मोड थपिएको छ । हमासका मुखिया इश्माइल हामानीको हत्या राजकीय पाहुनाको रूपमा इरानमा हुनु जस्ता परिघटनाले इराजनको सुरक्षा संरचनालाई उदाग बनाउ‘छ । सन् २०१० देखि नै आफ्ना  चुस्त र दुरुस्त खोपीया एजेन्सीको मद्दतले इजरायले आफ्ना शत्रुहरूलाई खोजी खोजी मारिरहेरको छ । जुलाई १३ मा  नै गाजामा युद्ध सञ्चालन गरिरहेका सैनिक प्रमुख मोहम्मद डेफलाई हतया गुर्न जसता घटनाले इजरायलको रणनीति झलकिन्छ । 

भर्खरै हमासका मुखिया इश्माइल हामानी इरानको राष्ट्र प्रमुखको शपत ग्रहण समारोहमा भाग लिन इरानको राजधानी तेहरान पुगेका थिए । इरानको सुरक्षा कबछमा रहेका हमानीको हत्या तेहरानमा हुनु जस्ता घटनाले मध्य पूर्वमा युद्धको त्तासदीको वातावरण निर्माण भएका छन् । इरानको सक्रिय सहयोगमा गुरिल्ला युद्ध सञ्चालन गरिरहेका हमासका मुखिया इश्माइलीको हत्या प्रति इरान आक्रमण हु‘दै इजरायलम ाथि हमला गर्ने चेतावनी दिएका छन् । अर्का तर्फ  आतंकवादी नेताहरूलाई एक पछि अर्कोलाई निशाना बनाउ‘दै अमेरिका र इजरायले तेहरान, वगदाद र वेरुदमा समेत आतंकवादीलाई निशाना बनाएमा छन् । इजरायलले पहिले पनि इरानका आणविक वैज्ञानिकहरूलाई निशाना बनाएका थिए । इरानका आणविक वैज्ञानिकहरू फाकिरजादे र डा. मोहम्मदी संसारकै उच्च कोटिका वैज्ञानीकहरू थिए । 

डा. मोहम्मदे नोवेल पुरस्कारमा दावेदार समेत थिए । यी वैज्ञानीकहरू आणविक कार्यक्रमको माध्यमवाट इजरायललाई विश्वको भूगोलवाट नै लोप गराउने भने अभिव्यक्ति समेत दिदै आएका थिए । इरानमा पटक पटक भइरहेको यस्तो घटना प्रति इरानी खोपीया एजेन्सी र सैनिकहरूमा घुषपेठ भएको जानकारहकरूको बुझाई रहेको छ । तर प्रविधिको युगमा इजरायललाई महारथ हासिल छ । इश्माइल हमानीले प्रयोग गरिरहेको मोवाइलको प्रोग्रामीङ्ग इजरायली प्रविधिसंग जोडिएको कारणले गर्दा इजरायलार्य हामनी आतिथी सदनमा विश्राम गरिरहेको सुचना उपलब्ध थियो ।

इश्माइल हकानीको हत्या पश्चात इरानको पक्षमा मुश्लिम राष्ट्रहरूले आफ्नै सर्मथन दिएका छन् । लेवनान, इराक, जोर्डन, टर्की, पाकिस्तान लगायत अनेकौ राष्ट्रहरू इजरायल विरुद्ध युद्ध गर्ने समेत विगुल फुकेका छन् । इजरायलको सुरक्षालाई मध्य नजर राख्दै अमेरिकी सेमरट्री आफ स्टेट विलंमनले अमेरिका इजरायलसंग हरेक संकटमा उभिने कुरा सार्वजनिक गरेका  छन् । साथ साथै अमेरिकी लडाका जहाज समेत भूमध्य सागरमा तैनाथ गर्दै खतरनाक लडाकु विमान रुजबेल्टलाई पनि तयारी अवस्थामा राखेका छन् । इरानको सर्मथनमा रुस लगायत चीन समेत देखिएको छ । 

इजरायल र इरान विच युद्ध हु‘दा भू-राजनीकिको प्रारुप कस्तो हुने हो भने आफ्नैमा यक्ष प्रश्न रहेको छ । आर्थिक रूपले अब्वल भएका मुलुकहरू साउदी अरेवीया, यू.एई.ई., कुवेत र कतारले आफ्नो   आर्थिक विकासमा तीव्रता दिन दत्तचित लगाएका छन् । आतंकवादी गतिविधि प्रति यी मुलुकहरूलाई इरान जस्तो रुची रहेको छैन । यस अर्थमा कत्तारमा अमेरिकी वेस क्याम्प रहेको छ भने साउदी अरेबीयाको अमेरिकासंग सघन सम्बन्ध रहेको छ ।

यी मुलुकहरू वाक युद्धमा मात्र इरानसंग साझेदार हुने र मुश्लिम भावनालाई तुष्ट्रिकरण गर्ने हेतुले मात्र इरानलाई भरथेग गर्ने जानकारहरूको बुझाई रहेको छ । सन् १९९० देखि नै इरान अमेरिकी नाकावन्दीमा रहेको गर्दा कुनै पनि उच्च स्तरीय प्रविधि भएको लडाकु विमान र युद्ध पोत इरानले खरिद गर्न सकेको छैन । अमेरिका र युरोपको आर्थिक नाकावन्दीका कारण इरान वित्तिय संकटमा रहेको छ । रुस आफै युक्रेनसंग युद्धमा होमिएको छ भने चीनले कुनै पनि मुलुकलाई सैन्य सहयोग गरेको इतिहास छैन । सन् १९७९ को भियतनाम युद्ध पश्चात चीन कुनै पनि संगमको हिस्सा भएको छैन । चीनमा यहुदीको प्रचुर मात्रामा लगानी रहेको छ । चीनले इजरायल माथि कुनै किसिमको सैनिक हमला गरेको खण्डमा चीनको आर्थिक महाशक्ति बन्ने लक्ष्यलाई बलि चढाउनु पर्ने हुन्छ । यस्तो जोखीनपूर्ण निर्माण चीनले लिने छैन । अर्को शब्दमा भन्ने हो भने मध्य पूर्वको लडाईमा सिया र सुनीको समीकरणले पनि इरानलाई कमजोर बनाउने सम्भावना देखिएको छ । इरान सुनी राष्ट्र हो भने साउदी अरवेया, यू.एई. सीया राष्ट्र हो । 

आर्थिक समीकरणको आधारमा सीमा सुनीभन्दा अब्वल रहेको छ । इरान र इजरायलको वोर्डर जोडिएको छैन । यस अर्थमा इरान र इजरायल विच हवाई युद्ध मात्र हुनेछ । इजरायलसंग आइरन ड्रोन सिस्टम भएकोले गर्दा इरानको क्षेप्यास्त्रलाई निस्तेज गर्न सार्मथ्य राख्दछ । इजरायलसंग ६१२ वटा आधुनिक लडाका जहाजहरू छ तर त्यो अनुपातमा इरानसंग ५०० पुरानो लडाका जहाजहरूमात्र रहेको छ । यी परिवेशमा मधयपूर्वमा भारतको भूमिका वारेमा समेत व्यापक विर्मश भइरहेको छ । भर्खरै इरानसंग चावहार वन्दरगाह सञ्चालन गर्न भारतले सम्भौता गरेको छ । चावाहर वन्दरगाहको माध्यमबाट सेन्ट्रल एसिया लगायत रुससंग व्यापारिक कारोवार बढ्ने समेत लक्ष्य लिइएको छ ।  पाकिस्तानलाई दवावमा राख्न र काश्मिर मुद्दालाई अन्तर्राष्ट्रियकरण हुनबाट रोक्न इरान हरेक आरोह र अवरोहमा भारतलाई यथेष्ठ सहयोग गरेको देखिन्छ । अर्का तर्फ इजरायलीहरू भारत प्रति विषेश आर्कषण रहेको छ । संसारमा हरेक ठाउ‘मा यहुदीहरूलाई भारतले शरण दिएको थियो । यो सद्भावलाई यहुदीहरूले विस्मृतीमा राखेको छैन । 

कारगिलको युद्धमा सुचना र प्रविधिवाट भारतलाई सहयोग गर्ने इजरायल नै थियो । भारतको हरेक युद्धमा इजरायल भारतको साथमा रहेको कुरा इतिहासको कालकखण्डले प्रमाणित गरेको छ । संसारमा स्फट वेयर निर्माणमा यहुदी र हिन्दुहरूको साइनोको चर्चा सिलकंन भ्यालीको समाचारमा पढ्न  पाइन्छ । सामरिक क्षेत्रमा भारत र इजरायल आ.ए.टु.यु.टु (इजरायल, अमेरिका, भारत र यू.एई) को समेत सक्रिय सदस्य रहेको छ । साथै इजरायल र भारत आ.ए.मे.क का पनि सदस्यहरू हुन् । आ.ए.मे.क. भन्नाले अमेरिका, इण्डिया, युरोप र मध्य एशिया कोरिडोर बुझिन्छ ।

मधय पूर्वमा ८० लाख भारततेलीहरू कामदारको रूपमा रहेको छ । अर्थात् भारतले २५ विलियन अमेरिकी डलर विप्रेशण (रेमिटेन्स)को रूपमा मध्य पूर्ववाट प्राप्त गर्दछ । मधय पूर्वको उथल पुथलले भारतलाई प्रचुर मात्रामा प्रभावित गर्न सक्दछ । यस प्रतिकुल अवस्थामा भारतले सामरिक स्वायत्ताको आधारमा इरान र इजरायल विच सेतु वनेर आफ्नो  रणनीतिक कौशलता देखाउनु पर्दछ । मध्य पूर्वमा साउदी अरवेयीको राष्ट्र प्रमुख प्रिन्स सलमानसंग समेत मोदीको व्यक्रिगत रसायन (प्रशनल केमेस्ट्री) बलियो रहेको छ । अर्थात् मध्य पूर्व भारतको आयात र निर्यातको लागि समेत मुख्य गनतव्य भएकोले गर्दा मध्य पूर्वमा अमन र चयनको लागि भारतले आफ्नो कूटनीतिलाई परिचालित गर्नु पर्दछ । चीनले विगतका दिनमा हमास र हुती विद्रोहीहरूलाई समन्व्य गर्न खोजीएको प्रयास असफल भएको देखिन्छ । यस अर्थमा सामरिक स्वायत्ततालाई मध्य नजर राख्दै मध्य पूर्वको शान्तीमा भारतको यथेष्ट भुमिका सम्भव रहेको देखिन्छ ।