|  

सन्दीप लामिछाने पाकिस्तान सुपर लिग खेल्न आज पाकिस्तान गए

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न शनिबार पाकिस्तान गएका छन् । 

सन्दीप लाहोर कलन्दर्सबाट प्रतियोगिताको बाँकी खेल खेल्न जान लागेका हुन्। शुक्रबार साँझ सन्दीपको सम्झौता पक्का भएपछि आज दोहाहुँदै कराची गएका हुन् ।

लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई बोलाएको हो। लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ।

लाहोरले आइतबार कराची किंग्ससँग आफ्नो चौथो खेल खेल्दैछ। यसअघि सन् २०१९ मा पनि सन्दीपले लाहोरबाट पीएसएल खेलेका थिए। त्यसबेला लाहोर अंक तालिकाको पुछारमा थियो । त्यतिबेला ७ खेल खेलेका सन्दीपले ११ विकेट लिएका थिए।