२४ साउन, काठमाडौं । बजारमा चामलको मूल्य बढेको छ । एक महिनाको अन्तरालमा चामलको मूल्य बोरामा दुई सय रूपैयाँले बढेको हो ।
अहिले जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बढेको हो । एक महिना अघि प्रतिबोरा २२ सयदेखि २३ सय रूपैयाँमा बिक्री गरिएको चामल अहिले २४ सयदेखि २६ सय रूपैयाँ पुगेको छ ।
त्यस्तै, सोना मन्सुली चामल प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँमा बिक्री गरेको चामल अहिले १९ सयदेखि दुई हजार रूपैयाँ पुगेको हो । लङग्रेन बासमती चामलको मूल्य भने बढेको छैन ।