|  

एक महिने स्वस्थानी व्रत समापन, व्रतालु घस्रिँदै पुगे हनुमानघाट

काठमाडौं । एक महिने स्वस्थानी व्रत समापन भएको छ । माधवनारायणका व्रतालु स्नान गर्न घस्रिँदै भक्तपुरको हनुमानघाट पुगे । पुस शुक्ल पूर्णिमामा शुरु भएको हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन शनिबार सकिएको छ । 

व्रत समापनको अवसर पारेर शनिबार बिहानैदेखि भक्तपुरको हनुमानघाटमा माधवनारायणका व्रतालु स्नान गर्न पुगे । कतिपय माधवनारायणका व्रतालु घस्रिँदै हनुमानघाट पुगेका हुन् । हनुमानघाटमा हरेक वर्ष यस्तै भीड लाग्ने गर्दछ ।