|  

‘सहिद स्मार बी’ डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुनेछन् ।

आजको पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती तथा दोस्रो खेलमा झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ । ‘बी’ डिभिजन लिगअन्तर्गत हिजोका दुबै खेल गोल रहित बराबरीमा सकिएका छन् ।

ललितपुर स्थित एन्फा मैदानमा सम्पन्न पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र दोस्रो खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेका हुन् ।

हिजोका खेलहरुपछि बि डिभिजन लिगमा ७ खेलबाट १९ अंक जोडेको सातदोबाटो युथ क्लब शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको खुमलटारको १६ अंक छ । तेस्रो स्थानको बाँसबारीको १५ अंक छ ।

१२ टोली सहभागि बि डिभिजन लिग फुटबलमा मध्यपूर युथ एशोशिएशन र पुल्चोक स्पोर्ट्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन् ।