|  

भालेले चक्कु हानेर लियो आफ्नै मालिकको ज्यान 

काठमाडौं । भारतको तेलंगानामा एक फाइटर भालेले मालिकको हत्या गरेको छ। प्रहरीका अनुसार फेब्रुअरी २२ मा लोथुनुर गाउँमा आयोजना गरिएको ‘ककफाइट’का लागि भालेको खुट्टामा चक्कु बाँधिएको थियो।

प्रतिष्पर्धीसँग जुध्न पठाउन लाग्दा भाले भागेपछि समाउने क्रममा मालिक थानुगुल्ला सतीशको पेट र तीघ्राबीचको भाग काटेको थियो। गम्भीर अवस्थामा  अस्पताल लैजाँदै गर्दा अत्याधिक रक्तश्रावको कारण ती सतीशको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतमा यस्ता प्रतियोगिता प्रतिबन्धित भए पनि गैरकानुनी रूप आयोजना भइरहन्छन्। यस घटनापछि प्रहरीले भालेलाई गोलापल्ली प्रहरी स्टेशनमा ल्याएको छ। जहाँ उसलाई राखिएको छ।

प्रहरीहरूले उसको हेरचाह गरिरहेका छन्। भाले जुधाइ आयोजना गर्ने अन्य १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।