|  

गीतकार विश्व थकालीको निधन

काठमाडौं । गीतकार विश्व थकालीको निधन भएको छ ।

झन्डै साढे दुई दशकअघि सर्वाधिक लोकप्रिय  'जोमसोमै बजारमा ,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा' गीतका सर्जक तथा संगीतकार थकालीको अमेरिकामा हृदयघातका  कारण निधन भएको हो ।

लामो समयदेखि अमेरिका बसोबास गर्दैआइरहेका ५२ वर्षीय सर्जक थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ-४ जोमसोम हो।

साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै 'हावा सरर' बोलको गीत रचना गरेका थिए। उनका धर्मपत्नी सहित २ छोरा छन्।