|  

अम्बानीको घरबाहिर राखिएको एक गाडि बिष्फोटक पदार्थको जिम्मेवारी  ‘जैश–उल हिन्द’ ले लियो

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको घर अगाडि भेटिएको एक गाडि बिष्फोटक पदार्थको जिम्मेवारी आतंकवादी संगठन जैश उल हिन्दले लिएको छ ।

भारतीय सञ्जारमाध्यमहरुका अनुसार टेलिफोनबाट उक्त संगठनले जिम्मा लिएको हो। यही संगठनले केही समय अगाडि दिल्लीस्थित इजरायली दूतावास बाहिर बम बिष्फोट गराएको थियो ।

२५ फ्रेवुअरीमा अम्बानीको घर एन्टिलियामा विस्फोटक पदार्थले भरिएको उक्त स्कोर्पियो कार भेटिएको थियो। प्रहरीका अनुसार स्कोर्पियोभित्र ‘मुम्बई इन्डियन्स’को ब्याग राखिएको थियो। उक्त क्रिकेट टीमका मालिक मुकेश अम्बानी हुन्।

अहिले यो घटनाको मुम्बई क्राइम ब्रान्चको १० टीमले अनुसन्धान गरिरहेको जनाइएको छ। तर संगठनले एक सन्देशमार्फत अनुसन्धान एजेन्सीलाई चुनौतीसमेत दिएको छ। जैश उल हिन्दले भनेको छ, ‘यदि तिमीहरु रोक्न सक्छौ भने रोक, हामीले तिमीहरुको नाक मुनिबाट दिल्लीलाई हिर्कायौं तर केही पनि गर्न सकेनौं, तिमीले मोसादसँग हात मिलायौं तर केही भएन, तिमीहरु नराम्रोसँग असफल भयौं, पछि पनि सफल हुने छैनौं।'

पत्रको अन्तिममा अम्बानीलाई चेतावनी दिइएको छ, ‘तिमीलाई थाहा छ कि तिमीले के गर्नुपर्छ। बस्, पैसा पठाइदेऊ, जुन तिमीले पहिले गरेका थियौ।’