|  

आइतबार घट्यो सुनको मूल्य, कति छ तोलाको ? 

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।

अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोवार भइरहेको छ।

शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० मा कारोवार भइरहेको छ। शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० मा कारोवार भएको थियो।

यस्तै चाँदी आज तोलामा १० ले घटेको छ। शुक्रबार तोलामा एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको महासंघले जनाएको छ।