२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा शिष्टचार भेटवार्ता भएको हो । उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आईपुगेका हुन । उनको यो भ्रमण नै केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतबाट भएको उच्च स्तरीय भ्रमण हो । उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका छन । उनले परराष्ट्रमन्त्री आरजू राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन ।