|  

'प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्न लायक हुनुहुन्न': गोकर्ण विष्ट 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री ओली पदमा बस्न लायक नभएको बताएका छन् ।

नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले प्रधानमन्त्री ओली एक मिनेट पनि पदमा बस्न लायक नभएको बताएका हुन् ।

अदालतले हराउँदा पनि कुर्सीमा बसिरहनु नैतिकता नभएको उनको भनाई रहेको थियो ।

उनले भने, ‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न, सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन ।’

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने उनको भनाई थियो । नेता विष्टले निर्वाचन आयोगले नेकपा आधिकारिकता आफूहरुलाई नै दिने ठोकुवा पनि गरे ।