|  

सरकारले प्रतिबद्धताअनुसार काम गरिरहेको छ : गृहमन्त्री लेखक

२७ साउन, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिबद्धताअनुसारका काम गर्दै गएको दाबी गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यसवर्ष अत्याधिक वर्षा भइरहेको भए पनि तुलनात्मक रुपमा क्षति कम भएको बताए।

उनले विपद् पूर्वतयारीका कारण क्षति कम भएको दाबी गरे। पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन हुँदै गएको उनको भनाइ थियो।

उनले आगामी दिनमा पनि प्रतिबद्धताबमोजिम काम गर्दै जाने बताए। रात्री बस चल्न दिने/नदिने बारेमा पनि सरकार छलफलमा रहेको बताए। उनले विकास गर्दा विकासको आधारभूत मापदण्ड अपनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘प्रतिबद्धता बमोजिम काम गर्दै जाने फेरि म प्रतिबद्धता जनाउँछु। सिमलतालमा घटना भयो, रात्रि बस चल्न नदिए हुन्थ्यो भन्ने पनि विचार आएको छ। यसका बारेमा पनि हामी गम्भीरतापूर्वक छलफल गर्नेछौँ।’