|  

'सरकार र नातेदार अदालतलाई कमजोर ठान्दछन् र यस्ता निवेदन हाल्न लगाउछन्': प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वदनियत तरिकाले आफूविरुद्व अदालतको अवहेलना गरेको आरोपमा मुद्वा हालिएको बताएका छन् ।

आइतबार अदालतमा लिखित जवाफ पेश गरेका प्रचण्डले लिखित जवाफमा सरकार र सरकारका नातेदारले अदालतलाई कमजोर ठानेको र यस्ता निवेदन हाल्न लगाएको बताएका छन् । यस्ता कुरामा आफू र आफ्नो दल सचेत रहेको भन्दै प्रचण्डले यसबाट अदालत विचलित नहुने हुन नसक्ने विश्वास व्यक्त गरेका छन् ।

हरेक नागरिकले आफ्नो मुद्वामा जितको आश गर्नु मानविय स्वभाव भएको भन्दै प्रचण्डले कुरा व्यक्त नै  गर्न नपाउने, आशा भरोसा गर्न नपाउने विधिशास्त्रिय कुरा भित्र नपर्ने उनको जवाफमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन्।

उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबीसमेत गरेका छन्। 

यस्तो छ प्रचण्डको जवाफको पूर्णपाठ -

https://headlinenepal.com/images/ckfinder/userfiles/files/prachanda-reply-adalat(1).pdf