|  

भारतमा मोबाइल लुट्ने तीन नेपालीसहित चारजना पक्राउ

२८ साउन,काठमाडौं । असुली धन्दामा संलग्न तीन नेपालीसहित चारजनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब, २२ वर्षीय विशाल कुमार तथा सिन्धि कोलोनीमा बस्दै आएका २२ वर्षीय विक्रम बुढा छन् । पक्राउ पर्ने अर्का एक व्यक्ति भारतकै ३४ वर्षीय प्रेम राय हुन् ।

यही अगस्ट १० मा विशालको कोठामा बसेर योजना बनाई उनीहरू स्थानीय रासोलपुरा एक्स रोडमा गएका थिए । उक्त स्थानमा उनीहरूले मानिसलाई धम्क्याएर मोबाइल मागेका थिए ।

मोबाइल दिएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी भारतीय न्याय संहिताअनुसार कारबाही अघि बढाएको छ ।