|  

आँधीका कारण ढल्यो पिरामिड, विनाशकारी घटना घट्ने संकेत

२८ साउन,काठमाडौं । मेक्सिकोमा आँधीका कारण पिरामिड भत्किएको छ ।

मुसलधारे वर्षाका कारण जुलाई ३० मा इहुआट्जियो क्षेत्रमा रहेको याकाटा पिरामिड ढलेको हो । यो घटनापछि सो पिरामिड बनाउने मूल जातिका वंशजहरू ठुलो प्राकृतिक विपद् आउने हो कि भनेर भयवित भएका छन् । यो पिरामिड आधुनिक पुरेपेचा जनजातिका पुर्खाले बनाएका थिए ।

आँधीलाई स्थानीय बासिन्दाहरूले विनाशको संकेत भनेका छन् । पिरामिड ढल्नु आफ्ना पुर्खाका लागि नराम्रो खबर भएको र यसले विनाशकारी घटना घट्ने इशारा गरेको उनीहरूको भनाई छ ।