२८ साउन,काठमाडौं । असुरक्षाका कारण ड्युटीबाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किन थालेका छन् ।
करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेका हुन् ।
अहिले राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको छ । धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ट्राफिक प्रहरी ड्युटीमा देखिएका छन् ।
यसअघि राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो ।विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो ।
त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो ।आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए।