|  

मुकेश अम्बानीको रिलायन्स कम्पनीले हटायो ४२ हजार कामदार

२८ साउन,काठमाडौं ।  मुकेश अम्बानीको रिलायन्स इण्डट्रिजले एकैपटक ४२ हजार कामदारलाई हटाएको छ ।

कम्पनीले रिटेल कारोबार गर्ने कम्पनीहरूको वृद्धि कम देखिएको र केही स्टोरहरू नै बन्द गर्न परेपछि खर्च घटाउने रणनीति अनुसार कामदार कटौती गरेको हो । रिलायन्स रिटेलमा यसअघि दुई लाख ४५ हजार पाँच सय ८१ कर्मचारी रहेकोमा सन् २०२४ मा घटेर दुई लाख सात हजार पाँच सय ५५ मा सीमित भएको हो ।

विवाह कार्यक्रममा अर्बौ रुपैयाँ खर्चन सक्ने अम्बानी परिवारले ठूलो संख्यामा  कर्मचारीको रोजिरोटी खोसेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कर्मचारी कटौतीको खबर बाहिरिएपछि भारतीय नागरिकहरूले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् ।

मुकेशले विशाल खर्च गरेर कान्छा छोरा अनन्त अम्बानीको महिनौं लामो बिहे गराए बापतको नतिजा भन्दै कतिपयले व्यंग्य गरेका छन् ।