२८ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्ने भएको छ । बैठक भोलि बिहान १०ः३० बजे बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । त्यस्तै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरूमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।