|  

काठमाडौं महानगर कार्यालय अगाडि वृहत नागरिक आन्दोलनको प्रदर्शन

काठमाडौं । आइतबार वृहत नागरिक आन्दोलनले काठमाडौं महानगर कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

वृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमितिले महानगर कार्यालय घेराउ गरेका हुन्। प्रदर्शनमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए ।

उनीहरूले बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गराउनुपर्ने माग गरेका छन् । स्थानीयलाई उठिबास लगाउने गरी सडक विस्तारको विरोध गर्दै आएका उनीहरुले सम्पदा संरक्षणमा समेत जोड दिएका छन् ।

यस्तै,कमलपोखरीमा कंकिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग गरेका छन्। शुक्रबार उनीहरुले काठमाडौंको कमलपोखरीमा बनाइएको कंक्रिकटको संरचना भत्काइदिएका थिए ।