|  

रघुजी पन्तविरुद्ध अदालत जाँदै कोमल वली 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता रघुजी पन्तविरुद्व राष्ट्रियसभा सदस्य कोमल वली अदालत जाने भएकी छिन् ।

महिला सांसदप्रति नेता पन्तले एक कार्यक्रममा अमर्यादित टिप्पणी गरेपछि वली अदालत जाने भएकी हुन् ।

एक कार्यक्रममा पन्तले २०औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको बताएका छन्।

‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तको भनाइ छ। पन्तको यस्तो अभिव्यक्तिले आफ्नो मानमर्दन भएको बताउँदै वलीले अदालत जाने तयारी गरेकी हुन्।

पन्तको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।