|  

अब कक्षा १ देखि ३ सम्म परीक्षा नहुने !

२९ साउन,काठमाडौं ।  कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएका छन् ।

यसले अब कक्षा १ देखि ३ सम्म प्रश्नपत्रबिनै निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ ।कैलालीको टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा यो प्रणाली लागू गरेका छन् । टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूल्यांकन लागू गरेको हो ।

कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्यांकनका आधारमा मूल्यांकन गरिने भएको हो । 

विद्यार्थीको मूल्यांकन पुस्तिकामा भएको मापदण्डअनुसार मूल्याङ्कन हुनेछ र त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुन्छ ।  
योसँगै अब कक्षा ४ माथिको मात्र परीक्षा हुन्छ ।