|  

भन्सालीसँग २२ वर्षपछि काम गर्दै अजय देवगन

१६ फागुन, काठमाडौं । बलिउड अभिनेता अजय देवगन संजय लीला भन्सालीको आगामी चलचित्र ‘गंगूबाई काठियावाडी’मा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । अजयले शनिबारदेखि उक्त चलचित्रको सुटिङ शुरु गरेको बताइएको छ । हाल चलचित्रको सुटिङ मुम्बईको फिल्म सिटीमा भइरहेको छ।

यो चलचित्र अजयका लागि विशेष छ, किनकि उनी २२ वर्षपछि भन्सालीसँग काम गर्दैछन्। अजयले २२ वर्षअघि संजय लीला भन्सालीको चलचित्र ‘हम दिल दे चुके सनम’मा काम गरेका थिए। ‘गंगूबाई काठियावाडी’मा नायिका आलिया भट मुख्य भूमिकामा छिन्। हालै चलचित्रको टिजर पनि रिलिज भइसकेको छ। चलचित्रमा अजय आलियाको मेन्टरको भुमिकामा देखिनेछन्।