|  

सरकार ढलेपछि शेख हसिनाविरुद्ध पहिलो मुद्दा दायर

२९ साउन, काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दायर भएको छ ।

गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो ।  जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले मुद्दा दायर गरेको बंगलादेशको समाचार संस्थाहरुले खबर लेखेका छन् । हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जमां खान कमाल र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि मुछिएको छ ।  यी बाहेक केही उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको खबरमा उल्लेख छ ।