|  

स्ट्रर्लिङले पाए प्लेयर अफ दि इयर अवार्ड

१६ फागुन, काठमाडौं । आयरल्याण्डका अलराउण्डर पउल स्ट्रर्लिङले ‘मेन्स प्लेयर अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन् । आयरल्याण्ड क्रिकेटले प्रदान गर्ने अवार्डमा स्ट्रर्लिङ पुरुषतर्फ वर्ष खेलाडी बनेका हुन् ।

यस्तै ३० वर्षीय स्ट्रर्लिङले ुमेन्स प्लेयर अफ डिकेडु अवार्ड समेत प्राप्त गरेका छन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड सिमि सिंहले प्राप्त गरिन् । प्लेयर अफ डिकेड अवार्ड किम गार्थले जितेकी छिन् ।