|  

बिरामी बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

२९ साउन, काठमाडौं । मौसम खरावीका कारण धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलोमा बिरामी बोकेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

पोखराको  मनिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको बिरामीसहितको हेलिकप्टर आज साँझ सवा ५ बजेतिर आकस्मिक अवतरण गरिएको हो । कैलास हेलिकप्टर सर्भिसेजको 9N-AML सातकिलोबाट काठमाडौँ आउने मौसम पर्खाइमा रहेको छ । यतिखेर कुइरो लागिरहेको छ भने वर्षा भइरहेको छ ।